नेप्से २ अंकले घटेर १२२१ को विन्दुमा, कारोवार रकम १६ करोड ७५ लाख

नेप्से परिसूचक साताका चाँैथौ दिन २ दशमलव ९० अङ्कले घटेर १२२१ दशमलव ९० अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
निर्जीवन बीमा, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको उपसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको परिसुचकमा १ दशमलव ३५ प्रतिशतले वृद्धि आएको छ ।

सबैभन्दा धेरै प्रभु बैंकको ९ लाख २१ हजार बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै छयाङदी हाईड्रो पावरको शेयर ४ दशमलव ३४ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५४ प्रतिशतले बढेकोे छ भने ५ हजार ६ सय ३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक प्रतिशतले घटेर ५ हजार ५ सय ३२ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ५८ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार