युवाउद्यमि कृषकका लागि तरकारी खेती तालिमको अवसर

युवाउद्यमि कृषकहरुका लागि व्यवसायिक तरकारी खेती तालिम दिईने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बाह्य अनुसन्धान महाशाखा खुमलटार, ललितपुरद्धारा व्यवसायिक तरकारी खेती सम्बन्धि १० दिने आवासिय तालिम कार्यक्रम गर्न लागिएको हो ।

इच्छुक उद्यमि तथा कृषकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस महाशाखा वा महाशाखाको इमेल ठेगानामा आईपुग्ने गरि निवेदन पेश गर्नु पर्ने छ ।

आवेदकले निवेदनमा नाम, ठेगाना, उमेर, लिङग, शैक्षिक योग्यता, कृषि फर्म दर्ता गरेको भए फर्मको नाम र दर्ता गरेको निकाय आदि संकलन गरी सम्बन्धित स्थानिय निकायको प्रमुख वा वडाध्यक्ष बाट सिफारिस गराउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार