SKIP THIS

IK Anniversary
IME Life

विदेश घुम्न जाने योजनामा हुनुहुुन्छ ? तपाईको यात्राको भरपर्दो साथि बन्न सक्छ “यात्रा बीमा ”

SPIL
NIC ASIA


पछिल्लो समय नेपालीहरुमा पनि घुम्ने चलन बढ्न थालेको छ । बिषेश गरी दशै र तिहारमा हुने छुटीलाई सदुपयोग गर्दै मानिसहरु घुम्न थालेका छन् । घुम्नका लागी नेपालीहरुले स्वदेशमा मात्रै सिमित छैनन् यतिबेला । विदेशमा घुम्ने नेपालीहरुको लर्को उत्तिकै छ ।

भनिन्छ, यात्रा मानिसको जीवनको सबैभन्दा ठूलो सिकाई हो । यात्राबाट मानिसले नयाँ ठाउँ, परिवेशको जानकारी मात्रै त्यहाँको रहन, सहन, जीवनशैली, विकास, सँस्कृति, परम्परा पनि सिक्ने अवसर पाउँछन् । व्यस्त दिनचर्यामा केही दिन फरक परिवेशमा रमाउँदा मानिसले धेरै कुरा सिक्ने र आनन्दको अनुभूति गर्न पाउँछ ।

Prabhu
Crest

तर, यात्रा जति आनन्दमय र रमाईलो हुन्छ । त्यति नै दुखदायी पनि हुन सक्छ । बिषेश गरी विदेश यात्रा गर्दा कहिले काही विरामी हुने, बाटोमा समान हराउने, चोरी हुने, पासपोर्ट हराउँने लगायतका समस्या पर्न सक्छन् । जसले तपाईको यात्रालाई निराशजनक बनाउँन सक्छ । तर, यदि यात्रा गर्दा बीमा गर्नु भयो भने तपाईको यात्रा सुरक्षित हुन्छ । यात्रा हुने यस्ता खालका जोखिम कम गर्न “यात्रा बीमा” गर्नु आवश्यक छ ।

बिदेशीमा बिरामी हुँदा उपचार खर्च महंगो हुन्छ । जुन नेपालीको लागी खर्चिलो हुनका साथै आर्थिक भार हुन जान्छ । त्यसैगरी समान हराउँदा पनि समस्या पर्न सक्छ । त्यस्तो समयमा यस यात्रा बीमाले तपाईको सुरक्षा गर्छ ।

कसरी गर्ने यात्रा बीमा
नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुबाट यात्रा बीमा सजिलै खरिद गर्न सकिन्छ । उसो त कतिपय मुलुकमा यात्रा बीमा प्रवेश गर्न पाईदैन । केही मुलुकमा भने यसलाई अनिवार्य गरिएको छैन । तर, तपाईले अनिवार्य नभएको मुलुकमा जादाँ पनि बीमा गर्नु भयो भने यस्ता खालका समस्या भोग्नु पर्दैन ।

यात्रा बीमा कुनै पनि कम्पनीको पाईक पर्ने शाखामा गएर खरिद गर्न सकिन्छ । तपाईको उमेर, घुम्न जाने मुलुक, यात्रा अवधि र उमेर अनुसार बीमाशुल्क भुक्तानी गरेपछि बीमा योजना खरिद गर्न सकिन्छ । बीमा योजनाले तपाईको यात्रा अवधिभर हुने जोखिमलाई ग्रहण गर्छ ।

यात्रा बीमाको आवश्यकता
यात्रा बीमा तपाईंको यात्रा पूर्व खरिद गर्नुपर्छ । यात्रा बीमा प्रत्येक यात्रीको लागि सुरक्षाको एक भरपर्दो साथि हो । यात्राको अवधि भरी वा यात्राको बसाई अवधि भरी आकस्मिक रुपमा बिरामी भएमा, एयरपोर्टमा सामान हरायो, तपाईको पासपोर्ट नै हरायो भने पनि यो बीमा पोलिसिले सुरक्षण गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS