IME Life

बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने

SPIL
Sanima Reliance

अब देखि बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् । बीमा समितिले जारी गर्न लागेको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् ।

कम्पनीहरुले विदेशमा शाखा सञ्चालन गर्नको लागी भने बीमा समितिमा आवेदन दिनुपर्नेछ । त्यसैगरी सम्बन्धित मुलुकको ऐन अनुसार निर्धारित पूँजी समेत कायम गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् । यसका लागी कम्पनीले सम्बन्धित स्थानकोे सम्भाव्यताको अध्ययन गरी समितिमा बुझाउँनुपर्नेछ । शाखा कार्यालय खोलिने मुलुकबाट लाभांश मुनाफाको रुपमा विदेशी मुद्रामा नेपाल भित्राउन तथा कार्यालय बन्द गर्नुपर्ने अवस्थामा आएमा तोकिएको पूँजी परिवर्तिय विदेशी मुद्रामा अनिवार्य रुपमा स्वदेशमा फिर्ता गर्नुपर्नेछ । त्यसैले सो बिषयमा सम्बन्धित मुलुकको ऐन तथा नीतिगत व्यवस्थाले नरोक्ने व्यहोरा पहिलो नै प्रमाणित गर्नुपर्नेछ । स्वीकृति प्राप्त गरेको ६ महिना भित्रमा शाखा कार्यलय खोलि सक्नुपर्नेछ ।

Crest
Meta Holidays

निर्देशिकाले बीमा कम्पनीहरुलाई गाउँपालिकामा जान प्रेरित गरेको छ । शाखा स्थपना गर्नु अघि समितिको स्वीकृति लिनुपर्नेछ । तर, गाउँपालिकामा स्थापना गर्ने हो भने स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । काठमाण्डौ उपत्यका भित्र पनि चक्रपथ बाहिर शाखा सञ्चालन गर्नेलाई प्राथमिकता दिईने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार काठमाण्डौ उपत्यका बाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौ उपत्यकाभित्र एक शाखा खोल्न स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ ।

निर्देशिकाले बीमकले क्षेत्रीय कार्यालय पनि स्थापना गर्न सक्ने व्यवस्था पनि गरेको छ । एउटा क्षेत्रिय कार्यालय अन्र्तगत १० वटा शाखा कार्यालयहरु रहने व्यवस्था गर्नुपर्नेछ । सोमध्ये ३० प्रतिशत शाखा कार्यलयहरु ग्रामिण स्थानमा सञ्चालनमा रहेको हुनुपर्नेछ । एकै जिल्ला, प्रदेश र क्षेत्रभित्रका शाखा कार्यलयहरुलाई एउटै क्षेत्रिय कार्यालयको मातहतमा राख्नुपर्नेछ । त्यस्तै, एक्सटेन्सन काउण्टर र घुम्ती सेवा पनि सञ्चालन गर्न सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x