IME Life

सानिमा लाईफले ल्यायो शुभलक्ष्मी जीवन बीमा योजना

SPIL
NIC ASIA

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले सानिमा शुभलक्ष्मी जीवन बीमा योजना ल्याएको छ । जुन योजनामा बीमीतलाई बीमा अवधिमा केही भएमा बीमाङ्क रकमको तीन गुणासम्मको दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ ।


यस बीमा योजनामा मध्यम र निम्न वर्गको लागि पनि लक्षित गरीएको छ । कम्पनीले न्यूनतम २५ हजार रुपैयाँ देखि अधिकतम १० लाख रुपैयासम्मको बीमाङ्क तोकेको छ । यसबाट निम्न आयस्तर भएका बीमीतले पनि यस बीमा योजना खरीद गर्न सक्ने भएका छन् ।

Prabhu
Crest

यस बीमा योजनाको लागि न्यूनतम १६ बर्षदेखि अधिकतम ६० बर्ष समूहसम्मका व्यक्तिले यस बीमा योजना खरीद गर्न सक्ने छन् । साथै यो पोलिसीको न्यूनतम अवधी १० वर्षको रहेको छ भने अधिकतम ५४ वर्षसम्मको लागि लागु हुने छ ।

साथै यो योजना अधिकतम ७० वर्षसम्म परिपक्क हुनेछ । यो योजना परिपक्व भएको अवस्थामा बीमाङ्क रकम बराबरको पैसा र बोनस पनि प्राप्त गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS