मिसन डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव

मिसन डेभलपमेन्ट बैंकले शेयरधनीहरु लाई ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुलाफा बाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस दिने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५७ प्रतिशत लाभांस पनि दिने भएको छ ।

बैंकले बोनस प्रयोजनमा ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ र नगद लाभांशमा ३० लाख ६ हजार ३५९ रुपैयाँ खर्च गर्ने भएको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारण सभाले पारित गरे पछि लगानिकर्ता लाई वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार