छोरीको लाईसेन्स बोकेर सर्भे

576

एरिष्टोटल, नेरिष्टोटल, र बीमा बाछिटा

पश्चिमेली दार्शनिक सुकरातका शिष्य थिए प्लेटो । प्लेटोले एथेन्समा प्लेटोनिक एकेडेमि स्थापना गरे र आफ्ना पथका पद पछ्याउने किशोरहरुलाई सोही स्कुलमा दार्शनिक खुराक दिलाउने गर्थे । उनका शिष्यहरु माझ चारै दिशाका ढुङ्ग्रि बनेर निस्किए एरिस्टोटल । उनले पेरिप्याटेटिक स्कुल सञ्चालन गरे । उनका समिपमा पनि एलेक्जेण्डर जस्ता दिग्गज चेलाहरुले दर्शनको रसपान गरे । एरिष्टोटलले धेरै सुक्ष्म विषयलाई दर्शनमा परिणत गरे । ति थुप्रै दर्शनहरु मध्येको एउटा हो रेटरिक अपिल अर्थात बोली बिनोद कला । उनले परिभाषित गरेको रेटरिक अपिल अन्तर्गत तिन वटा कला पर्दछन् जस्तै ः ईथोज, प्याथोज, र लोगोज । उनले दिएका यि तिन कला बीमामा अपराध सिर्जना गर्न प्रयोग गरिन्छन् र यसको बृहत अध्ययन हुनुपर्ने तर्क जेनेभा असोसिएसनका बीमा प्रविणहरुले गर्ने गरेका छन् । सोही सन्दर्भ जोडेर नेपाली बीमा बजारमा एरिष्टोटलले दिएका दर्शन कसरि खुलेआममा प्रयोगमा आउने गरेका छन भन्ने बारेमा केही कुरा लेख्दैछु ।

ईथोज र बीमा

ईथोज ग्रिक शब्द हो जसले चरित्र सम्बन्धि विशेषणलाई बोध गराउदछ । यसैको अध्ययन गरेर बीमामा मोरल हजार्ड अर्थात नैतिक जोखिमको आँकलन गरिन्छ । यसले के कुराको अध्ययन गर्दछ भने मान्छे हेर्दा भब्य देखिन्छ तर ब्याप्त बनावटी भब्यता विचमा उसको चरित्रको मौनता कसरि भंग हुन्छ र कसरि चरित्रको दुरुपयोग गरेर फाईदा उठाउछ । पैसाको लोभमा मान्छेको नैतिकतामा हुने विचलन नै मोरल हजार्ड हो । हेर्दा राम्रै लाग्ने मान्छेले करोडौंको उद्योग नष्ट गरेको किर्ते गरि दाबी उठाएका छन् । जसको कारण केही कम्पनीहरुको अवस्था अझै दयनिछ । दाबी झुटा हो भन्नलाई मान्छे प्रतिष्ठित हुन्छ र त्यस्तो प्रतिष्ठित मान्छेले पनि यस्तो गर्छ र ? जस्तो देखिन्छ तर, वास्तवमा उसले त्यहि प्रष्तिष्ठालाई ब्यापारको रुप दिन्छ । अस्तीमात्रै एउटा सरकारि बीमा कम्पनी र एउटा संस्थाबिच भएको समारोहमा मञ्चमा एउटा सर्भेएर बसेका थिए । पेसाले त उनी सर्भेयर थिए तर उनी छोरीको लाईसेन्स बोकेर आफु सर्भे गर्दथे । बिज्ञ हुँ भन्नेहरुले आयोजना गरेको त्यो समारोहको केन्द्रिय कुर्चिमा किर्ते सर्भेयर पुग्दछन भने हामी भन्न सक्दछौ कि बीमा बजारमा चरित्र नै सबैभन्दा बिकाउ बस्तु बन्दै गएको छ ।
मैले स्वास्थ्य बीमामा काम गर्दा एक जना सर्भेएर भतिजिको नामको लाईसेनस बोकेर सर्भे गर्दथे र उनी म काम गर्ने कम्पनीको पनि सर्भे गर्दथे । उनले सर्भे गरेका सबै दाबीहरु जोडदारका साथ पास हुन्थे । एकदिन उनले स्वास्थ्य उपचारको आफ्नै नामको दाबी मेरो टेबुलमा दर्ता गराए । नियम अनुसार दाबी निष्कर्षमा पुग्यो तर उनले क्षतिपुर्ति नपाएको भन्दै पुनारबेदन गरे । फेरि उनले पेस गरेका कागजातहरु हेरेको त थापाथलीको एउटा प्रतिष्ठित अस्पतालबाट भ्याट र उपचारको छुट्टै बिल बनाएका रहेछन् । अर्को कुरा उनी आफै सर्भे गर्ने मान्छे भएरपनि स्वयम्ले ब्यहोर्नु पर्ने बील कम्पनीले तिर्नु पर्ने तर्क गर्दै थिए । पछिमात्र सबैलाई झल्यास्स भयो कि उनले सर्भे गरेका दाबीमा कति ठुलो मोरल हजार्डको सानदार सवारि भयो भनेर ।

प्याथोज र बीमा

प्याथोज अन्तर्गत बक्ताले श्रोतालाई भावानात्मक धर्सोले घेराबन्दी गर्दछ र श्रोता यति सम्म भावुक बन्दछ कि अव उ चाहेरपनि त्यो कुरा नकार्न सक्दैन । बीमामा यसको दुरुपयोग ईमोसनल ब्ल्याक मेलबाट गरिन्छ । फलाम तातेको बेला आकृत बन्छ भन्ने बुझेका केही बीमित हरुले फाईदा उठाउन लहरा पहराको जेलो एकै चोटी फुकाउदछन् । नेपालकै एउटा प्रतिष्ठित डिष्टिलरि कम्पनीका मालीकले एक लाख बीमांकको स्वास्थ्य बीमा गराएका थिए । उनले त्यो एक लाखको दाबी मार्फत सबै रकम शोधभर्ना गरेर छोडे । त्यसको केही दिनपछि उनले फेरि उपचारका लागि दिल्लि जाने सोचेछन र फेरि बीमा गराउन अपिल गरे । उपचार गर्छु भनेर नै बीमा गर्नु सरासर गलत हो हुदैन भन्ने जानकारि गराए । तर, उनले केन्या भ्रमणमा गएका एक जना हाकिमलाई जसरि नि स्वास्थ्य बीमा गराउनु पर्ने नभए अरु किसिमका बीमापनि रद्द गर्ने चेतावनी अर्थात भावानात्मक दवाव दिएछन् । दुई घण्टा पछि काम गरिदिनु भन्ने ब्यहोरा खुलाईएको हाकिमको ईमेल आयो र नहुने काम भयो ।
ललितपुरमा नेपाल स्थित सम्पर्क कार्यालय रहेको एउटा आइएनजिओ ले पन्ध्र सय बीमशुल्कमा पचास हजार सम्मको ओपिडि र एक लाख सम्मको आईपिडि सुविधा भएको बीमालेख तयार पार्न लेखि पठायो । हेर्दै अच्चम लाग्ने त्यो प्रस्ताव दर्ता गरेर बाकि छलफलका लागि अगाडी बढाए । कुनैपनि हाकिमले सो कुरा स्विकार गरेनन जुन स्विकार्न नसकिने नै थियो । सो बीमालेख तयार पार्न नसक्ने जानकारि पाएपछि उक्त आईएनजिओले हामी संग भएका गाडी, घर लगायतका सबै बीमालेख रद्द गय्रो । त्यहि गाडी, घर आदी बीमाको लोभ देखाएर उक्त आईएनजिओले नक्सालमा केन्द्रिय कार्यालय भएको कम्पनीबाट चार सय रुपैयाँ बीमाशुल्कमा माथि उल्लेखित बीमालेख तयार पार्न लगाएछ । चार सय रुपैयामा त्यति ठुलो बीमारकमको सुबिधा दिनु समाजसेवा (जुन दिगो हुन्छ) होईन महासमाजसेवा थियो ।
बीमितहरु बाट मात्र पनि हैन बीमा कम्पनि स्वयम् यस्तो इमोसलन बिजनेस गर्न उद्यत रहेका छन् । तार्गेटको माहोल, काठमाण्डौंको कटथ्रोट कम्पेटिसन, र बढुवाको सपनाले एजेण्टले भावनामा बगेर अरुको कम्पनी भन्दा आफ्नो कम्पनीले जे पनि सुविधा आश्वासन बाडदै हिड्दछन् ।

बीमा र लोगोज

लोगोज भनेको लजिक अर्थात तर्क प्रस्तुत गररे अरुलाई मनाउनु हो । बीमा समिति निष्किृय बन्नुको एक मात्रै कारण उ संग तार्किक क्षमता नहुनु हो । बीमा कम्पनीको सिइओको अगाडी बीमा समितिका अध्यक्षको शिर झुक्दछ भने यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन सक्दछ । बीमा कम्पनीका सिइयो संग बीमा कम्पनी चलाएको अनुभव हुन्छ र सोही अनुभवका आधारमा उसले आफ्नो फाईदाका लागि तर्क गर्दछ । बीमा कम्पनीले ‘ओई’ भन्दा बीमा समितिले ‘के हो?’ भन्न सक्नु पथ्र्यो तर उसले जवाफमा ‘हजुर’ भन्छ र अनी सुरु हुन्छ बीमा कम्पनीहरुको सिण्डिकेट । बिदेशि कम्पनीको संयुक्त लगानीमा स्थापित एउटा कम्पनीका पुर्बप्रमुख कार्यकारि अधिकृत संग एसिया ईन्स्योरेन्स रिभ्युको लागि कुराकानी गर्दा उनी भन्दै थिए कि बीमा समितिलाई म अहिले पनि नचाउन सक्छु, झन हिजोको दिनमा त कति चोटी बीमा समितिका निर्णय रद्द गरियो गनि साध्य छैन् । उनी संग तर्क थियो र उनी गलत गरेको काम लाई पनि सहि भन्न सक्दथे । तर, बीमा समिति संग तर्क छैन र सही कामको लागि पनि गलत नै हो कि भनेर पछि हट्छ ।
एरिष्टोटलले पुष्ट्याएका यी तिन कलाको बिज्ञापन तथा बजारिकरणको क्षेत्रमा सदुपयोग हुन्छ भने बीमाको क्षेत्रमा यसको दुरुपयोग गरेर फाईदा उठाईन्छ । एरिष्टोटललाई समेत मात खुवाउने नेपालका बीमा प्रविण नेरिष्टोटलहरुले देखाउने चर्तिकलाले बीमालयको आकृति यति विक्षिप्त भएको छ कि मानौं नेरिष्टोटलबाट छुट्ने बाछिटाहरुले यसका दलिन खियाइ सकेको छ ।
पदम राज अवस्थीको ब्लगबाट साभार गरिएको

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्