IME Life

दोलखामा पनि उत्तिकै छन् सेयर लगानीकर्ता

SPIL
NIC ASIA

बिजया बास्कोटा
काठमाडौ उपत्यका पछि सेयर बजारमा दोलखाका लगानीकर्ता धेरै देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जको तथ्यांक अनुसार काठमाडौं उपत्यका पछि दोलखा बासिन्दाले धेरै डिम्याट खाता खोलेका छन् । नेप्सेका अनुसार हालसम्ममा दोलखाका ४५ हजार ३७४ जनाले डिम्याट खाता खोलेका छन् ।

धेरै डिम्याट खाता खोलिएका १० जिल्ला
नेप्सेका अनुसार काठमाडौ, ललितपुर, भक्तपुर, दोलखा, मोरङ्ग, कास्की, झापा, काभेपलाञ्चोक, चितवन र सुनसरीका बासिन्दाले धेरै डिम्याट खाता खोलेका छन् । काठमाडौ बासिन्दामध्ये ४ लाख ३२ हजार ९७४ ले डिम्याट खाता खोलेका छन् । ललितपुरबाट ९७ हजार २५३, भक्तपुरबाट ६९ हजार ८६५, मोरङ्गबाट ४४ हजार ३६३, कास्कीबाट ३८ हजार ५७४, झापाबाट ३५ हजार ५३८, काभ्रेपलाञ्चोकबाट ३३ हजार ९२३, चितवनबाट ३० हजार ६७९ र सुनसरीबाट ३० हजार ४३२ ले डिम्याट खाता खोलेका छन् ।

Prabhu
Crest

कम खाता भएका १० जिल्ला
नेप्सेका अनुसार डोल्पा, मुगु, मनांग, मुस्तागं, हुम्ला, कालीकोट, बाजुरा, जाजरकोट, जुम्ला र डोटी रहेका छन् । जसमध्ये डोल्पाबाट सबैभन्दा कम १९२ ले डिम्याट खाता खोलेका छन् । मुगबाट २४८, मनागंबाट ३००, मुस्तांग १६, हुम्लाबाट ४१४, कालीकोट ५२०, बाजुराबाट ७६७, जाजरकोटबाट ७६९, जुम्लाबाट ८९२, डोटीबाट १ हजार १८२ वटा डिम्याट खाता खोलेका छ ।

नेप्सेको वर्तमान अवस्था
नेप्सेका अनुसार हालसम्म १३ लाख २६ हजार ३७३ वटा डिम्याट खाता खोलिएका छ । नेप्सेमा १८७ वटा कम्पनी सुचीकृत छन् । जसमध्ये ६२ वटा कम्पनी सिआस्वमा दर्ता भै सकेका छन् । ५० वटा कम्पनीले राफसाफको सदस्यता लिएका छन् भने ६९ वटा कम्पनीले डिपीको लाईसेन्स लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS