हाम्रो विकास बैंकको साधारणसभा आज, ज्योति विकास बैंकमा गाभिने प्रस्ताव

हाम्रो विकास बैकको साधारणसभा हुदै छ । सभामा ज्योति विकास बैंकमा गाभिने विशेष प्रस्ताव पेश गर्नेछ । बैंकको संचालक समितिले प्रस्ताव गरेको ७.१९ प्रतिशत नगद लाभांस र २.४० प्रतिशत बोनस सेयर पारित गर्ने एजेन्डा पनि लैजाने भएको छ ।

आ.व २०७४/७५ को बार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ । ज्योतिसँग एक्वायर प्रकृयामामा रहेको हाम्रो विकास बैंकको गत असार ३२ गतेदेखि सेयर कारोबार रोक्का छ । बैंकले सेयरधनीलाई असोज २५ गतेसम्म आवश्यक कागजात पेश गरेमा लाभांश पाउन सक्ने जनाएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ५२ हजार ७३६ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार