IME Life

भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आईएमई को शाखारहित बैंकिङ सेवा

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

ग्लोबल आईएमई बैंकले शुक्रबार देखि शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको छ ।

बैंकले भक्तपुरको चाँगुनारायण सरस्वतीस्थानमा आफ्नो १०४ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उद्घाटन गरेका छन्् ।

Crest
Meta Holidays

सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय गौरव तिमल्सिनालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x