फरवार्ड कम्यूनिटीमा रोजगारीको अवसर

Citizen Life Insurance Co

फरवार्ड कम्यूनिटी माईक्रोफाईनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बरिष्ठ प्रबन्धक, प्रवन्धक र बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

बरिष्ठ प्रवन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । यस पदका लागि शैक्षिक योग्यता बाणिज्यशास्त्रमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने छ । यसका साथै लघुवित्त संस्थामा व्यवश्थापकिय तहमा रही ५ वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ ।

प्रबन्धक पदका लागि भने कार्य अनुभव ३ वर्ष भएको भए हुने छ । यस पदका लागि शैक्षिक योग्यता भने बाणिज्यशास्त्रमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने छ ।

यसै गरि संस्थाले बरिष्ठ सहायक पदका लागि ११ जना कर्मचारी माग गरेको छ । यस पदका लागि शैक्षिक योग्यता स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्ने छ । यसका साथै लघुवित्त संस्थामा सहायक स्तरमा रही २ वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक मसान्त भित्र दरखास्त फारम भरि सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार