IME Life

को बन्ला त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक

SPIL
NIC ASIA


लामो समय पछि स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक पाउँने भएको छ । निर्देशकका लागी आवेदन दिएका पाँचमध्ये लोकसेवा आयोगले विहिबार अन्तिम तीन जनाको नाम छनौट गरी मन्त्रालयमा पठाएको छ । उक्त तीन जनामा को बन्ला त निर्देशक भन्ने बिषयले अहिले बोर्डमा चर्चा पाएको छ ।

आयोगले पहिलो नम्बरमा डा.दामोदर बसौलालाई सिफारिश गरेको छ । पोखराका बसौलाले जीवन बीमा बिषयमा भारतबाट विद्यावरिधि गरेका हुन् । उनी पोखरा स्थित जनप्रिय मल्टिपल कलेजमा बीमा बिषयमा नै अध्यापन गराउँछन् । उनले बीमा सम्बन्धी मुद्धा र दाबीका बिषयमा अध्ययन र अनुसन्धान गर्दै आएका छन् । स्वास्थ्य बीमाका बिषयमा पनि उनले अनुसन्धान गरेका छन् ।

Prabhu
Crest

आयोगले दोस्रो नम्बर बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीलाई सिफारिश गरेको छ । त्यस्तै, तेस्रोमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रमेश पोखरेललाई सिफारिश गरेको छ ।

आखिर को हो त बलियो दाबेदार 
आयोगले सिफारिश गरेकामध्ये डा.दामोदर बसौला बलियो उम्मेदारको रुपमा देखिएका छन् । उनले बीमा बिषयमा नै विद्यावारिधि गरेको र बीमा बिषयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्दै आएकाले पनि उनी बलियो दावेदार देखिएका हुन् ।

त्यस्तै दोस्रो दावेदारका रुपमा रहेका श्रीमान् कार्कीसँग पनि बीमा क्षेत्रको अनुभव छ । तर, उनको शैक्षिक योग्यता र प्रस्तुतीकरण भने कमजोर देखिएको छ । उसो त उनी बीमा समितिमा हुँदा कै बखत पनि उनको कार्यशैलीबाट धेरै कर्मचारी रुष्ट थिए ।

पूर्व एमाले पार्टी निकटका कार्कीले कार्यलयमा पनि राजनीतिक गर्ने र पार्टी निकटकालाई मात्रै काखी चेप्ने गरेको आलोचना सुनिन्छ । त्यसैगरी बीमा कम्पनीका कार्यकारी प्रमुख पनि उनको कार्यशैली प्रति त्यति सन्तुष्ट छैनन् । कम्पनीहरुमा आफनो पदको रवाफ जमाउँने र कम्पनीमा धेरै आफन्त भर्ती गर्नेमा गनिन्छन् उनी ।

तेस्रो दाबेदार रमेश पाखरेलसँग भने बीमा क्षेत्रको अनुभव भने छैन । त्यसैले उक्त पदका लागी उनी उपयुक्त नहुने विज्ञहरुको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS