नेप्से ८ अंकले घटेर १२४१ को विन्दुमा, कारोवार रकम २७ करोड ७१ लाख

 

नेप्से परिसूचक साताको पाचौँ  दिन ८ दशमलव ८२ अङ्कले घटेर १२४१ दशमलव ११ अङ्कमा बन्द भएको छ । कारोबार रकम २७ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै उत्पदनमूलक क्षेत्रको परिसुचक २ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै छयाङदी हाईड्रोपावरको सेयरमा ६ दशमलव २५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बरुण हाईड्रोपावर कम्पनीको शेयर ६ दशमलव ४ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ७ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २२ प्रतिशतले घटेर ५ हजार ५ सय ३६ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड १६ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार