स्वास्थ्य  बीमा बोर्डको निर्देशकमा ३ को नाम सिफारिस

स्वास्थ्य  बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ३ व्यक्तिको नाम सिफारिस गरिएको छ ।

दामोदर बसौला, श्रीमान कार्की र रमेश कुमार पोखरेलको नाम बोर्डको निर्देशक छनोट गर्न गठित समितिले सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको तीन सदस्यीय समितिले सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदका लागि दरखास्त आब्हान गरेको थियो । दरखास्त दिने पहिलो चरणको छनोटमा भने ५ जना परेका थिए ।
समितिले ती उम्मेद्धारहरुको मंगलबार र बुधबार प्रस्तुतीकरण र अन्तरर्वार्ता लिएको थियो । दरखास्त दिने ५ मध्ये २ डा. सतिशकुमार देव र शैलेशकुमार मिश्र भने प्रस्तुतीकरण र अन्तरवार्ता बाट बाहिरीएका छन् ।

समितिले सिफारिस गरेका तीनमध्ये एक जनालाई प्रधानमन्त्रीले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार