IME Life

इन्स्योरेन्स शिक्षा: लागतमा आधारित आलु खेती बीमालेख बारे जानकारी

SPIL
Sanima Reliance


बीमा समितिले आलुको पनि बीमालेख योजना जारि गरेको छ । बीमालेखले आलु खेतीमा हानि नोक्सानि भएमा रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
आलु खेती बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । आलु खेतीको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Crest
Meta Holidays

क्षतिपूर्ती नदिने अवश्थाहरु
आलु खेती बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, आलु खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट आलुकोे क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा आलु खेती नष्ट गर्नु पर्ने भएमा, आलु चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको आलुको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । आलु धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङक गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले आलु खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

कति लाग्छ बीमाशुल्क ?
बीमाशुल्क बीमाङ रकमको पाँच प्रतिशतका दरले प्रति वर्ष लाग्ने छ । साथै सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा १५ प्रतिशथ छुट दिईनेछ ।

सर्तहरु
आलुमा कुनै रोग किरा वा दुवै लागेमा आलु धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ । बीमकले चाहेको जुनसुकै समयमा आलु खेतीको निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई आलु खेतीको परीक्षण गर्न दिनु पर्नेछ । आलु खेती धनीले आलु खेतीको क्षति वा हानि नोक्सानि भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ । त्यस्तो जानकारी प्राप्त ४८ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म आलु खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवश्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुराउँने छैन् । यस बीमालेख अन्तर्गत बीमित आलुु खेतीको क्षति भएको कारणबाट हुने अन्य थप खर्च वा हानिनोक्सानीको दाबी गर्न पाईने छैन् ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको आलुको हानि नोक्सानी भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज्िमन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x