IME Life

२५० रुपैयाँ तिरेर पनि गर्न सकिन्छ कृषि बीमा

SPIL
NIC ASIA


 रिना खत्री
यदि तपाई कृषक हो भने थाहा पाई राख्नुहोस न्यूनत्तम २५० रुपैयाँ भुक्तानी गरेर तपाई आफनो १ लाख रुपैयाँसम्मको सम्पतिको बीमा गर्न सक्नुहुन्छ । नेपाल सरकारले नेपालमो कृषि क्षेत्रको दिगो विकास व्यवसायिकरणका लागी कृषि बीमा सुरु गरेको हो । जसमा थोरै बीमाशुल्क भुक्तानी गरेर अधिकत्तम एक बर्षसम्मको लागी तपाई आफनो कृषि, पशुपन्छीको बीमा गर्न सक्नुहुन्छ । सरकारले यसमा ७५ प्रतिशत अनुदान पनि उपलब्ध गराएको छ जसको कारण तपाईले थोरै पैसा भुक्तानी गरेर ठूलो सम्पतिको सुरक्षा गर्न सक्नुहुन्छ ।

बीमा समितिले हाल बाली बीमा अन्र्तगत तरकारी, अन्नबाली, मसला, फलफुल, अन्य बिमा योजना जारी गरिसकेको छ । त्यस्तै, पशुपन्छी बीमा अन्र्तगत अष्ट्रिच र कुखुराको बीमालेख जारी गरिसकेको छ ।

Prabhu
Crest

तरकारी बीमालेख अन्र्तगत उत्पादनमा आधारित र लागतमा आधारित (आलु, च्याउ आदि) को बीमा गर्न सकिन्छ । अन्नबाली अन्र्तगत चैते धान, अन्न बिउ बाली बीमालेख कम्पनीहरुले सञ्चालन गर्दै आएका छन् । त्यस्तै, मसला अन्र्तगत अदुवा र बेसार, फलफुल अन्र्तगत स्याउ (मौसमी सुचांकमा आधारित), केरा, उखु साथै मोरी माछा, पोखरी पनि बीमा गर्न सकिन्छ । बहु बर्षीय बाली अन्र्तगत अलैची बीमा पनि कम्पनीले गर्दै आएका छन् ।

कृषि बीमा खरिद गर्दा बीमाशुल्क अधिकत्तम ८ प्रतिशत र न्यूनत्तम १ प्रतिशत बीमाशुल्क भुक्तानी गरेर पनि बीमा गर्न सकिन्छ । उक्त बीमाशुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क स्याउ बीमाको ८ प्रतिशत रहेको छ । त्यसैगरी माछा पोखरीको बीमा गर्दा बिमांक रकमको १ प्रतिशत भुक्तानी गरेर पनि बीमा गर्न सकिन्छ ।

सरकारले नेपालको कृषि क्षेत्रको व्यवसायिकरणको लागी कृषि बीमा कार्यक्रम सञ्चालन गरेको हो । विगत छ बर्ष देखि निर्जीवन बीमा कम्पनीहरुले कषि बीमा सञ्चालन गर्दै आएका छन् । यद्यपी बीमा लक्षित वर्गसम्म भने पुग्न सकेको छैन । कृषकहरुमा पर्याप्तमा बीमा सम्बन्धी जानकारी नहुदा कृषि बीमाको पहुँच पुग्न नसकेको विज्ञहरु बताउँछन् । त्यस्तै, नेपालको भौगोलिक विकटता र कुशल प्राविधिको अभाव कारण पनि कृषि बीमा सबै कृषकहरु समेटिन नसकेको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS