IME Life

४२ प्रतिशतले बढ्यो कृषि बीमा

SPIL
NIC ASIA


गत आर्थिक बर्ष २०७४/७५ मा कृषि बीमा व्यवसाय ४२ प्रतिशतले बढेको छ । गत आ.व.को अन्त्यसम्ममा कम्पनीहरुले १३ अर्ब २१ करोड रुपैयाँ बराबरको बाली तथा पशुपन्छी बीमा व्यवसाय गरेका छन् । अघिल्लो आ.व.को सोही अवधिमा ९ अर्ब २४ करोड रुपैयाँ बराबको कृषि बीमा व्यवसाय गरेका थिए ।

तुलनात्मक रुपमा प्रत्येक बर्ष कृषि बीमा व्यवसाय बढ्दै गएको छ । सुरुवातको समयमा केही समस्या भए पनि अहिले प्रति बर्ष व्यवसायको दायरा बढ्दै गएको समितिले बताएको छ ।

Prabhu
Crest

नेपालमा कृषि बीमा २०६९ माघ भन्दा अगाडी देखि नै शुरु भएको हो । तर, त्यतिबेला गैर बीमा क्षेत्रबाट छिटपुट रुपमा मात्रै यस्तो योजना सञ्चालन गरिएको थियो । यसका साथै सरकारले पनि नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने उद्धेश्यका साथ कृषि विकास मन्त्रालयलको नेतृत्वमा २०६९ माघ १ गते देखि कृषि बीमा कार्यक्रमको सुरुवात गरेको हो । बीमा समितिले २०६९ माघ देखि लागू हुने गरी बाली तथा पशपन्छी बीमा निर्देशिका जारी गरेपछि नेपालका सबै निर्जीवन बीमा कम्पनीहरुले यो योजना सञ्चालनमा ल्याएका हुन् । तर, उक्त आ.व.मा कम्पनीहरुले खासै कृषि बीमा जारी गर्न सकेनन् ।

नेपालका लागि कृषि बीमा नयाँ र बीमाशुल्क दर उच्च भएका कारण बीमा प्रति कृषकहरुले खासै आकर्षित हुन नसकेका हुन् । त्यसैले सरकारले २०७०/७१ देखि कृषि बीमाशुल्कमा ५० प्रतिशत छुट सहित समितिले कृषि बीमालाई अनिवार्य गर्यो । यद्यपी बिमकहरु कृषि बीमा प्रति उदासिन देखिएपछि समितिले २०७१ फाल्गुणमा नै कम्पनीहरुलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएको थियो । तत्पश्चात कृषि बीमामा सुधार भए पनि खासै प्रगति भने हुन सकेन । त्यसैले आव २०७१/७२ देखि सरकारले कृषि बीमाशुल्कमा ७५ प्रतिशत अनुदानको व्यवस्था गर्यो । त्यसपछि भने कृषि बीमा बृद्धि हुन थाल्यो । हाल कम्पनीहरुले विभिन्न खालका कृषि बीमा योजना सञ्चालनमा ल्याएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS