IME Life

चाडपर्वहरुमा उपहार बीमायोजना दिने गर्नुहोस् !

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

नेपालीहरुको महान चाड पर्वहरु दशैँ, तिहार तथा छठ भिँत्रदै छन् । यस्ता चाडपर्वहरु नेपाली समाजका मूख्य चाडहरु हुन् । यी विभिन्न चाड पर्वहरु लाई नेपालीहरुले हर्षो उल्लासका साथ मनाउने गर्दछन् । मिठा मिठा परिकारहरु, आफन्तजन सँगको भेटघाटका साथमा यी पर्वहरु मनाउने गरिन्छ । विशेषत यी चाडवाडहरु बालबालिकाका लागि बढी महत्वपूर्ण हुने गर्छ ।


दशैमा राम्रो राम्रो लगाउँने र खानो केटाकेटी रहर हुन्छ । यदी तपाई पनि आफना सन्तीतलाई खुशी बनाउँन केही उपहार दिने योजना बनाउँनु भएको छ भने बिचार गर्नुहोस । तपाईले दिएको उपहार तपाईको सन्ततीको लागी कतिको उपयोगी हुन्छ । अथवा उक्त उपहार कति अवधिको लागी हुन्छ ।

Meta Holidays
Crest

यदि तपाईले महंगो कपडा वा ग्याजेट उपहार दिने सोच बनाउँनु भएको छ भने फेरी पनि एक पल्ट सोच्नु होस, यस्ता महंगा र छोटो अवधिको सामाग्री भन्दा सन्ततीलाई बीमायोजना उपहार दिनुहोस् ।

बीमा भनेको सुरक्षा हो । केटाकेटीको लागी गरिने बीमाले भोलि उनीहरुको उच्च अध्ययन र विवाहको लागी उपयोगी हुन सक्छ । छोरीछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने बेला तपाईले कर्जा लिनुपर्ने छैन न त विवाह गर्दा तपाईले कर्जा लिनुपर्नेछ ।
आज देखि नै बीमा योजना खरिद गरी बचत गरिदिनु भयो भने भोलि दिनमा संरक्षकलाई केही भएको खण्डमा पनि बिमाले छोराछोरीलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । त्यसैले यदि सन्ततीको राम्रो आर्थिक भविष्य देख्नु चाहनहुन्छ भने उपहारमा बीमा दिने बानीको विकास गरौँ ।

दक्षिणाको उपयोग गर्न सिकाउँ
दशै तिहार भनेकै केटाकेटीको लागी हो । त्यसमा पनि दशैमा आफन्तबाट टिका लगाएर पाउँने दक्षिणा र तिहारमा भैलो खेलेर पाउँने पैसा केटाकेटीको लागी महत्वपूर्ण हुन्छ । यसरी जम्मा भएको रकम के गर्नुहुन्छ ? यदी केटाकेटीलाई उक्त रकम दिने हो भने चकलेट खाएर वा खेल्ने सामाग्रीमा नै खर्च गर्छन् । जसको कुनै उपयोगीता नै छैन । त्यसैले छोराछोरीलाई बचत गर्न आजै देखि सिकाउँनु होस । यसका लागी यसरी जम्मा भएको रकम बिमायोजना खरिद गर्नमा लगानी गर्नुहोस । छोराछोरीलाई भन्नुहोस उसको भविष्यको लागी जम्मा हुँदैछ भनेर । अपुग भएको रकम आफुले थपिदिनुहोस ।

उसो त तपाईले बैंकमा पनि जम्मा गर्न सक्नुहुन्छ । तर, बैंकमा राखेको रकम आवश्यक पर्दा निकाल्न मन लाग्छ । तर, बीमा भनेको फोर्स सेभिङ्ग पनि हो । त्यसैले यही समयमा बीमा गराउँनुहोस् । दशैँको बेला बीमा गर्नु भयो भने अर्को दशैमा नै किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ । त्यतिबेला पनि यसरी नै रकम जोहो गर्न सक्नुहुन्छ ।

हाल नेपालमा १८ वटा जीवन बीमा कम्पनीहरु छन् । तपाईका बालबालिकाको लागि सुहाँउदो उपयुक्त हुने बीमा पोलिसि यस पालिको चाडवाडमा किनिदिनुस् । बीमा जोखिम हस्तान्तरणको एक पाटो हो । अहिले तपाईले तपाईको बालबालिकाको बीमा गरिदिनु भयो भने उनीहरुको पढाई खर्चको लागि पछि तपाई लाई समस्या पर्दैन । आज बालबालिकाको नाममा गरिएको बीमाले उनीहरुको भविष्यको लागि, उच्च शिक्षाको अध्ययनको लागि प्रयोग गर्न सकिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS