IME Life

स्वास्थ्य बीमाका लागी ६ अर्ब बिनियोजन

SPIL
NIC ASIA

नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन लागी ६ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । बोर्डले सरकारसँग चालु आर्थिक बर्ष २०७५/७६ का लागी ८ अर्ब रुपैयाँको माग गरेपनि सरकारले भने ६ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा भने ४ गुणाले बढी हो ।

Prabhu
Crest

आ.व २०७१/७२ देखि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागी बजेट विनियोजन गरेको छ । प्रत्येक बर्ष बजेट बढाउँदै लगेको छ । तर, बोर्डले भने विनियोजन गरेको रकम खर्च भने गर्न सकेको छैन । त्यसैले चालु आवमा बोर्डले माग गरे बमोजिम सरकारले बजेट विनियोजन नगरेको हो ।

आ.व २०७१/७२ मा सरकारले स्वास्थ्य बीमाका लागी ५० करोड रुपैयाँ रकम बिनियोजन गरेको थियो । तर, उक्त बर्ष बोर्डले ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ ।

आ.व २०७२/७३ मा मा सरकारले ५० करोड रुपैयाँ विनोजन गरेको थियो । उक्त बर्ष भने ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव २०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बर्ष पनि बोर्डले अनुमानित ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । फलस्वरुप आ.व २०७४/७५ मा सरकारले बजेट घटाएर २ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त आवमा करिब १ अर्ब १७ करोड खर्च भएको तथ्यांकले देखाएको छ ।

चालु आवको लागी बोर्डले ८ अर्ब रुपैयाँको माग गरेकोमा सरकारले ६ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको बोर्डले बताएको छ । जसमध्ये ५ अर्ब ५० करोड सेवाप्रदायकलाई जाने बोर्डले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS