सेन्ट्रल फाईनान्सले दिने भयो ८.७६ प्रतिशत बोनस सेयर , कात्तिक १४ मा बुक क्लोज

सेन्ट्रल फाईनान्सले ८.७६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यसका साथै कम्पनीले हाल कायम रहेको चुक्ता पुजीँ ७५ करोड ७० लाख ९३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो ।बोनस प्रयोजनका लागि कम्पनीले ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित बोेनस सेयर पाउन राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ । कात्तिक १३ गतेसम्म कायम रहेको सेयरधनीले मात्र बोनस सुरक्षित गर्न पाउनेछन् । प्रस्तावित बोनस शुक्रबार बसेको सचालक समितीको बैठकको निर्णय अनुरुप बोनस सेयर वितरण प्रायोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्न विज्ञपतीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार