शाइन रेसुंगा बैंकको साधारणसभा आज

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा आज हुने भएको छ । सभामा शाइनले १७.७० बोनस सेयर वितरण गर्न प्रस्ताव पेश गरेको छ । साधारणसभा प्रायोजनको लागि बैंकले असोज १६ गते देखि आईतबार सम्म बुक क्लोज गरेको थियो ।

असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । शाइनले अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कामको अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव लैजाने भएको छ ।
हाल शाइन रेसुंगाको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ छ बोनसपछि चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार