IME Life

लाईसेन्सको पखाईमा कमोटिडी एक्सचेञ्ज

SPIL
NIC ASIA


कमोटिडी एक्सचेञ्जहरु लामो समय देखि लाईसेन्सको पखाईमा छन् । नेपाल धितोपत्र बोर्डमा बजारमा सञ्चालनको लागी आवेदन दिएको छ महिनासम्म पनि सञ्चालन अनुमति नपाउँदा उनीहरु अन्यौलमा परेका हुन् ।

नेपाल धितोपत्र बोर्डले गत बैशाख ३ गते सुचना जारी बजारमा सञ्चालन गर्न चाहने कम्पनीलाई आवेदन दिन आवहन गरेको थियो । बोर्डको तोकेको समयअवधि भित्रमा पाँच वटा कम्पनीले सञ्चालनको आवेदन दिएका थिए । तर, बोर्डले अहिलेसम्म कुन कुन कम्पनीलाई लाईसेन्स दिने भन्ने निर्णय गरेको छैन ।

Prabhu
Crest

किन अड्कियो अनुमित प्रक्रिया
बोर्डका अनुसार कम्पनी सञ्चालन लागि प्राप्त निवेदन उपर अध्ययन गरिनेछ । अध्ययन पश्चान योग्यता पुगेका कम्पनीलाई सञ्चालन अनुमति दिईनेछ । तर, छ महिना वित्तिसक्दा पनि बोर्डले अध्ययन गरे नगरेको कुनै जानकारी नदिएको एक कम्पनी प्रस्तावले बताए । ‘यदि योग्यता वा कागजपत्र पुगेको छैन भने जानकारी पाउँनु परयो । यसरी बिचमा अडकाएर राख्नु भएन,’ उनले भने ।

बोर्डको सञ्चालक समिति र व्यवस्थापन बिच कुन कम्पनीलाई लाईसेन्स दिने भन्ने बिषयमा तालमेल नमिल्दा प्रक्रिया लम्बिएका स्रोतले बताएको छ । स्रोत अनुसार बोर्डको व्यवस्थापनले एक तहको अध्ययन गरेर बोर्डको सञ्चालकलाई बुझाएको थियो । तर, व्यवस्थापनले बुझाएको प्रस्ताव अर्थात् लाईसेन्स सञ्चालन दिने कम्पनीको नाममा सञ्चालकहरु सहमत भएनन् । सञ्चालक निकटको व्यक्तिहरु छनौटमा नपरेपछि अध्ययन प्रक्रिया फेरी दोहोराईएको स्रोतले बतायो ।

दुई भन्दा बढी कम्पनीलाई लाईसेन्स दिने
बोर्डको व्यवस्थापन समूहले अधिकत्तम दुई वटा कम्पनीलाई मात्र लाईसेन्स प्रदान गर्ने प्रस्ताव गरेको छ । तर, व्यवस्थापन समूहले भने धेरै कम्पनीलाई दिनुपर्ने दबाब दिएको स्रोतले बताएको छ । तर, धेरै कम्पनीको नेपालको परिवेश अनुसार व्यवहारिक नहुने भएपछि सहमतीमा समस्या भएको स्रोतले बताएको छ ।

सरकारले २०७४ भदौ ११ मा गरेको बस्तु विनियम बजार सम्बन्धी ऐन २०७४ कार्यन्वयनका लागि बोर्डले गत मंसिर ९ गते बस्तु विनियम बजार सम्बन्धी नियमावली २०७४ जारी गरी बस्तु विनियम (कमोडिटि डेरिभेटिभ) बजारलाई बोर्डको नियमको दायरमा ल्याईएको थियो । ऐन जारी भए लगत्तै बोर्डले सञ्चालन भै रहेका एक्सचेञ्जलाई नयाँ करारका लागी रोक लगाएको थियो भने एक्सचेञ्ज सञ्चालन गर्न चाहनेले बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।

ऐनमा गरिएको व्यवस्था अनुसार बोर्डमा एक्सचेञ्ज सञ्चालनका लागी निवेदन दर्ता सुरु भएको थियो । तर, लामो समयसम्म पनि कम्पनीहरु धेरै कम्पनीहरुको निवेदन नपरेपछि बोर्डले बैशाख ३ गत सुचना जारी गरी २१ दिनको अवधि दिएर बजार सञ्चालनको लागी निवेदन दिन आवहन गरेको थियो । उक्त अवधिमा पाँच वटा कम्पनीले निवेदन दिएका थिए ।

कमोडिटी एक्सचेञ्जको लागी अध्ययन समिति गठन
नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेञ्ज अनुमतीका लागी अध्ययन समिति गठन गरेको छ । बोर्डको गत साता बसेको सञ्चालन समितिको बैठकले सञ्चालक समेतको सहभागीता रहने गरी तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको संयोजकमा बोर्डका सञ्चालक सदस्य हरिशरण पुडासैनी रहेका छन् । उनी अर्थमन्त्रालयका प्रतिनिधि हुन् । त्यस्तै, सदस्यमा बोर्डकै अर्को सदस्य कृष्ण प्रसाद आचार्य छन् । उनी आईक्यान उपाध्यक्ष हुन् । साथै बोर्डक कार्यकारी निर्देशक परिशिष्ट नाथ पौडेल सदस्य रहेका छन् ।

निवेदन दिएका कम्पनीहरु
कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागी नेपाल कमोडिटी एक्सचेञ्जले निवेदन दिएको छ । ५४ करोड रुपैयाँ पुँजी रहेको उक्त कम्पनीमा गैरआवसीयको लगानी रहेको छ । त्यस्तै, नेपाल मर्कन्टायल एक्सचेञ्जले पनि निवेदन दिएको छ । ५० करोड पूँजी रहेको उक्त कम्पनीमा बाणिज्य बैंकहरुको लगानी रहेको छ । कमोडिटी फयूचर्स एक्सचेञ्जले पनि बोर्डमा निवेदन दिएको छ । उक्त कम्पनीको पूजी ६० करोड रुपैयाँ रहेको छ । जसमा विभिन्न कम्पनीहरुको लगानी रहेको छ । मल्टीडेरिभेटिभ एक्सचेञ्ज नेपालले पनि निवदेन दर्ता गराएको छ । जसको पूँजी ६८ करोड २५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ५५ करोड पूँजी बनाएर रिगल कमोडिटी एण्ड डेरिभेटिभले पनि बोर्डमा निवेदन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS