IME Life

आम्दानीको स्रोत नखोलिएको व्यक्तिको पनि बीमा लेख जारी

SPIL
NIC ASIA


बीमा कम्पनीहरुले स्रोत नखोलिएका बीमा योजनाहरु थुप्रै जारी गरेकोे पाईएको छ । कम्पनीहरुले आम्दानीको स्रोत स्पष्ट नभएको तथा झुठो विवरण दिएकाको पनि बीमा योजना जारी गरेको पाईएको छ ।

हाल बीमा समितिले तीन वटा टोली बनाई बीमा कम्पनीहरुको अनुगमनको काम गरेको छ । अनुगमनको क्रममा यस्तो खालका समस्या देखिएको एक कम्पनीका कर्मचारीले बताए । उनका अनुसार कतिपय अवस्थामा कम्पनीले जानाजान पनि यस्तो खालको व्यक्तिलाई बीमा योजना विक्री गरेका छन् । अर्थात् कालो धनलाई सेतो बनाउँन बीमा योजनाको प्रयोग गरिएको र यसमा कम्पनी पनि केही हदसम्म सहमत देखिएको छ ।

Prabhu
Crest

आफन्तै कै नाममा एजेण्ट कोड
बीमा कम्पनीका कर्मचारीहरुले आफनो नजिकको नातेदारको नामबाट एजेण्ट कोड लिएर राख्ने गरेको पाईएको छ । एजेण्ड कोडको प्रयोग गरी आफैले कमिशन लिने गरेको समेत पाईएको छ । कर्मचारीले बीमाका लागी कम्पनीको सम्पर्क आउँने मानिसलाई अभिकर्ताको माध्यमबाट आउँनुहोस भन्दैनन् । अब आफनो मानिसको नाममा बनाएको एजेण्ट प्रयोग गरी बीमा गर्छन् । कमीशन आफैले लिने गर्छन् । कतिपय कर्मचारीले बीमितलाई अभिकर्ता चाहिदैन भनेर आफनै कोड प्रयोग गर्ने गरेको पनि भेटिएको ती कर्मचारीले बताए ।

बैदेशिक रोजगारमा ठगी
बीमा कम्पनीहरुले बैदेशिक रोजगारीमा मृत्यू भएका व्यक्ति आफन्तलाई दाबी भुक्तानीमा धेरै ठगी गर्ने गरेको पाईएको छ । बिशेष गरी किरिया खर्च तथा शब ल्याउँने खर्चमा धेरै अनियमितता हुने गरेको छ । बैदेशिक रोजगामाी बीमा अन्तर्गत वीमितको मृत्यु भएमा १० लाख रुपैयाँ, आयको नोक्सानी २ लाख रुपैयाँ तथा किरिया खर्च वापत १ लाख रुपैयाँ गरी कुल १३ लाख भुक्तानी हुने व्यवस्था रहेको छ । बीमितको विदेशमा मृत्यु भएमा शब ल्याउने सुविधा स्वरुप १ लाख रुपैयाँ गरी कुल १४ लाख भुक्तानी हुने व्यवस्था रहेको छ ।
तर, कम्पनीहरुले शब ल्याउँने पैसा नदिने र दिए पनि पुरै नदिने गरेको पाईएको छ । कतिपय कम्पनीले थोरै पैसा दिएर पुरै पैसा लिएको हस्ताक्षर समेत गर्न लगाएको भेटिएको ती कम्पनीको कर्मचारीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS