SKIP THIS

PCl

सिभिल बैंकमा ठूलो सङख्यामा कर्मचारी माग

सिभिल बैंकले एकैपटकमा ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । काठमाडौ भित्र र बाहिर गरि बैंकले ४९३ कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक देखि टे«नी सहायक सम्मको कर्मचारी माग गरेको छ ।
बैंकमा व्यवस्थापनमा स्नातकोत्तर, स्नातक र प्लसटु गरेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
बैंकले नयाँ शाखा कार्यालयहरुको लागि समेत गरि ५२ जना शाखा प्रबन्धक माग गरेको छ।

यसका साथै अन्य विभिन्न पदको लागि पनि बैंकले आवेदन खुल्ला गरेको छ । शाखा प्रमुखको लागि क्रेडिट सेल्स एण्ड अप्रेसनमा तीन वर्षको अनुभव भएकाहरुले आवदेन दिन सक्ने छन्।
योग्यता पुगेका इच्छुक आवेदकले कात्तिक १३ गतेसम्म बैंकको वेवसाइट र मेरो जब डटकम मार्फत आवदेन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार