IME Life

२५ प्रतिशतले गरेनन् स्वास्थ्य बीमा नविरकण

SPIL
NIC ASIA


सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण घट्दै गएको छ । स्वास्थ बीमा बोर्डको तथ्यांक अनुसार गत आर्थिक बर्षमा २५ प्रतिशत बीमितले स्वास्थ्य बीमा नविकरण गरेका छैनन् ।

बोर्डका अनुसार गत भदौसम्ममा १२ लाख ३६ हजार ४५८ व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जसमध्ये महिलाको संख्या ६ लाख ५३ हजार ४८६ छ भने पुरुषको संख्या ५ लाख ८२ हजार ९७२ छ ।
स्वास्थ्य बीमा बापत सरकारले ६७ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत महिनाको अन्त्यसम्ममा बोर्डले बीमा बापत उक्त रकम संकलन गरेकोछ । त्यसैगरी बोर्डमा ९ लाख ४६ हजार ९८५ दाबी परेको छ । २३९ वटा सेवा प्रदायक संस्थाहरु सक्रिय छन् ।

Prabhu
Crest

३६ जिल्लामा पुग्यो स्वास्थ्य बीमा
सरकारले हालसम्म ३६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । २०७२ चैत्र २५ गते कैलालीबाट कार्यक्रमको सुरुवात भएको थियो । २०७३ असार १५ सम्ममा बाग्लुङ्ग र इलामबाट पनि कार्यक्रमको सुरुवात गरियो । २०७३ पुसमा अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी मा पनि विस्तार गरियो भने २०७४ असारमा भक्तपुर, गोर्खा, तनहुँ, चिवतन, जुम्ला, जाजरकोट र मकवानपुरमा पनि बीमा कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आवमा नेपालको सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ ।

अस्पतालमा छैन औषधी
स्वास्थ्य बीमामा केही औषधीहरु राखिएका छन् । बीमा योजनाले समेट्ने औषधीहरु अस्पताल भित्रका फार्मेसीबाट नै लिनुपर्ने हुन्छ । तर, अस्पताल भित्रका फार्मेसीले यस्ता औषधीहरु नराख्ने गरेको बीमितहरु बताउँछन् । निशुल्क वितरण गर्नुपर्ने भएपछि फार्मेसीले जानीजानी औषधी नराख्ने गरेको उनीहरुको गुनासो छ ।

गुणस्तरीय छैन सेवा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा अन्र्तगतका सेवाप्रदायक संस्थाले गुणस्तरीय सेवा प्रदान नगरेको बीमितहरुको गुनासो छ । बीमा योजना अनुसार बीमित सबैभन्दा पहिला नजिकको स्वास्थ्य चौकीमा जानु पर्ने हुन्छ । तर, ग्रामिण भेगमा यस्तो स्वास्थ्य चौकी टाढा हुने गरेको बीमितहरु बताउँछन् । शहरी क्षेत्रमा भने घण्टौ लाईन बसेर सेवा लिनुपर्ने हुदाँ बीमित प्रति बितृण्णा जागेको हुन सक्ने विज्ञहरु बताउँछन् । त्यसमा पनि बीमा भित्र पर्ने औषधी फार्मेसीले उपलब्ध नगराउँने हुँदा बीमितहरु बीमा प्रति आकर्षित नभएको उनीहरुको ठहर छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS