स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद बिक्री खुल्ला

स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज देखि बिक्री खुल्ला भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद निष्काशन गरेको छ । स्वेदेशीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ लाख ५० हजार हकप्रद निष्काशन गरेको हो । कात्तिक २६ गते सम्म हकप्रद शेयरको आवेदन दिन सकिने छ ।

यो संस्थाको हकप्रद शेयरको लागि गत भदौं २५ सम्ममा कारोबार भएका शेयरधनीले मात्रै हकप्रद पाउने छ । हाल यसको चुक्ता पुँजी ११ करोड ५० लाख रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पछि यसको पुँजी २३ करोड पुग्नेछ ।

हकप्रद शेयरको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड, स्वदेशी लघुवित्तको कार्यालय वा सी आश्वा लागू भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने उल्लेख छ । यसको बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार