IME Life

नेप्से १३.०१ अंकले घटेर १२१४ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिलो दिन १३ दशमलव ०१ अङ्कले घटेर १२१४ दशमलव ३६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४० करोड ७५ लाख रुपैयाँ पुगेको छ ।


उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक २ दशमलव ०२ प्रतिशतले घटेको छ । अन्य क्षेत्रको परिसुचकमा ० दशमलव १३ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै नेपाल लाइृफ इन्स्योरेन्स कम्पनीको २ करोड ६ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ७८ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ९७ प्रतिशतले घटेर ५ हजार ५ सय २१ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ३ करोड २३ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS