IME Life

नेप्से घट्दा पनि ५५ प्रतिशत कमाए नाडेप लघुवित्तका सेयरधनिले अरुले कति कमाए हेर्नुस

SPIL
NIC ASIA

१ हजार २२७ विन्दुमा नेप्से परिसूचक
यो साता सेयर बजार परिसूचक नेप्से १ हजार २ सय २७ विन्दुमा पुगेको छ । गत साताको अन्तिम दिन परिसूचक १ हजार २ सय ६७ दशमलव १८ विन्दुमा थियो । सो अवधिमा पाँच दिन बजार घटेको छ भने एक दिन मात्रै बजार बढेको छ । गत मंगलबार २ दशमलव ६९ अंकले बजार बढेको थियो । त्यस्तै, गत सोमबार सबैभन्दा धेरै १८ दशमलव शून्य ४ अंकले बजार घटेको थियो । अन्य दिनहरुमा पनि सोही अनुपातले बजार घटेको छ ।

बैंकिङ्ग परिसूचक
यो साता बैंकिङ्ग परिसूचक १ हजार ७८ दशमलव ५६ विन्दुमा पुगेको छ । गत साताको अन्तिम दिन परिसूचक १ हजार १ सय १८ दशमलव ९४ विन्दुमा रहेको थियो । गत मंगलबार बैंकिङ्ग परिसूचक पनि १ दशमलव ६३ अंकले बढेको थियो । त्यस्तै, सोमबार सबैभन्दा धेरै १९ दमलव ८५ अंकले बजार घटेको थियो । अघिल्लो विहिबार बैंकिङ्ग परिसूचक १२ दशमलव ५७ अंकले घटेको थियो ।

Prabhu
Crest

४३६ रुपैयाँले बढ्यो नाडेप लघुवित्त
यो साता नाडेप लघुवित्त कम्पनीको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । कम्पनीको सेयरमूल्य ४ सय ३६ रुपैयाँले बढेको छ । कम्पनीको अधिकतम मूल्य १ हजार २ सय ३२ रुपैयाँ छ भने न्यूनत्तम मूल्य ८ सय ११ रुपैया रहेको छ । त्यसैगरी कम्पनीको अन्तिम मूल्य १ हजार २ सय ३२ कायम भएको छ । कम्पनीको ६ लाख ३३ हजार रुपैयाँ बराबर ५९० कित्ता सेयर खरिद विक्री भएको छ ।

नाफा कमाउने बीस कम्पनी

राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १८९ ले बढ्यो
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयरमूल्य १ सय ८९ रुपैयाँले बढेको छ । कम्पनीको अधिकत्तम मूल्य ९ हजार १ सय रहेको छ भने न्यूनत्तम मूल्य ८ हजार ७ सय ७५ कायम रहेको छ । साथै कम्पनीको अन्तिम मूल्य ९ सय १ सय कायम रहेको छ । कम्पनीको १ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर १ हजार ६ सय १२ कित्ता खरिद विक्री भएको छ ।

समता माईक्रोफाईनान्स वित्तिय संस्थाको सेयरमूल्य १ सय १ रुपैयाँले बढेको छ । उक्त कम्पनीको अधिकत्तम मूल्य १ हजार ४ सय ३३ रहेको छ भने न्यूनत्तम मूल्य १ हजार २ सय ५६ रहेको छ । त्यस्तै, अन्तिम मूल्य १ हजार ४ सय ३० कायम रहेको छ । कम्पनीको ७० लाख अन्ठानब्बे हजार तीन सय पैतालिस रुपैयाँ बराबरको ५  हजार २ सय ८८ कित्ता सेयर खरिद विक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS