ओरियन्टल होटलको मूल्य समायोजन

ओरियन्टल होटल लिमिटेडको मूल्य समायोजन भएको छ । होटलको १५ प्रतिशत वोनस सेयर पछिको मूल्य समायोजन भएको छ । वोनस समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ५१ दशमलव ३० रुपैयाँ कायम भएको छ ।

औषत मूल्य भने ५ सय ३४ दशमलव १५ रुपैयाँ रहको छ । हाल ओरियन्टलको चुक्ता पूँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ रहेको छ । प्रस्तावित १५ प्रतिशत बोनस सेयर पछि चुक्ता पूँजी १ अर्ब ७ करोड ४३ लाख७१ हजार ८४५ रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार