IME Life

सिडिएससीले आईतबार देखी सुरु गर्नेभो इडीआईएस सेवा

SPIL
NIC ASIA


सिडिएस एण्ड क्लियरिङ्गले विद्युतीय निर्देशन पुर्जी (इडीआइएस) कार्यन्वयन गर्ने भएको छ । सिडिएससीले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी आईतबार देखी उक्त सेवा सुरु हुने जानकारी दिएको छ ।

सिडिएससीले सुरु गरेको यो योजना मेरो सेयर प्रयोगकर्ताले मात्र उपभोग गर्न पाउँनेछन् । जसअनुसार यो सुविधामा कारोबार भएका धितोपत्रको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफनो राफसाफ तथा फछ्यौट प्रणाली मार्फत नै संकलन गर्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

यो सुविधाको प्रयोग गरी लगानीकर्ताले सेयर विक्रीपछिको दोस्रो कार्य दिन (टी प्लस २) भित्रमा आफनो खातामा रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सक्नेछन् । साथै लगानीकर्ताले सेयर विक्री गरेपछि राफसाफका लागि आफनो खाताबाट ब्रोकरको खातामा सेयर जम्मा गराउँन हाल व्यहोर्दै आएको झन्झट न्यून हुनेछ ।

१५ दिनसम्म निशुल्क डिम्याट खोल्न सकिने
सिडिएससीले १५ दिनसम्म निशुल्क रुपमा डिम्याट खाता खोल्ने सुविधा दिने भएको छ । लगानी सप्ताहको अवसरमा लगानीकर्तालाई प्रोत्साहित गर्न यस्तो खालको सुविधा दिईएको सिडिएससीका कार्यकारी प्रमुख देव प्रकाश गुप्ताले बताए । यो सुविधा असोज १९ गते देखि कार्तिक २ गतेसम्म प्रयोग गर्न सकिने छ ।

लगानीकर्ता मोक टेडिङ्गमा सहभागी नभएको नेप्सेको गुनासो
सेयर लगानीकर्ताहरु मोक टेडिङमा सहभागी नभएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउँदले गुनासो गरेका छन् । ‘तथ्यांकले सबै लगानीकर्ता मोकमा सहभागी नभएको देखाउँछ । तपाई अनलाईन टेडिङ्ग जसरी नै यसमा सहभागी हुनुहोस । यसले अनलाईन कारोबारको लागी सहयोग गर्छ,’ उनले भने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS