SKIP THIS

PCL

स्वरोजगार लघुबित्तको हकप्रद बाँडफाड, १० हजार ९५७.६० कित्ता लिलामिमा आउँदै

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद बाँडफाड भएको छ । स्वरोजगारले १२ लाख २४ हजार १७७. ६० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा १४ हजार २० कित्ता लागि मात्र आवेदन परेको हो ।

स्वरोजगारको १० हजार ९५७.६० कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको सेयर स्वरोजगारले अब लिलामी प्रक्रियाबाट बेच्ने भएको छ । यस हकप्रदमा ३ हजार ३२७ जनाको आवेदन परेको थियो ।
कम्पनीले साउन १३ देखि भाद्र १७ गतेसम्म १ बरावर १ अनुपातमा १२ लाख २४ हजार १७७. ६० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । हकप्रद भर्नेले भने बोनस नपाउने कम्पनीले यसअघि नै जानकारी दिएको छ । हकप्रद र वोनस सेयर पछि संस्थाको चुक्ता पूँजी २६ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुग्नेछ । हाल संस्थाको चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार