SKIP THIS

PCL

सेञ्चुरी बैंकका ग्राहकले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने

सेञ्चुरी कमर्सियल बैकं र धापाखेलस्थित सुमेरु अस्पताल प्रा.लि बीच विभिन्न सेवामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन अड्का र सुमेरु अस्पतालका अस्पताल निर्दशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् ।


बैंकले आफना क्रेडिट  र डेबिट कार्ड ग्राहक  तथा शेयरधनीहरुलाई सहुलियत प्रदान गर्न सम्झौता गरेको छ । यसका साथै बैंैकले क्रेडिट  र डेबिट कार्ड ग्राहक  तथा शेयरधनीहरुलाई अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतीशतसम्म छुटका साथै औषधीमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार