IME Life

बीमा कम्पनी र निर्माण व्यवसायीको मिलेमत्तोमा सरकारी रकम झ्वाम

SPIL
Sanima Reliance


निर्जीवन बीमा कम्पनी र निर्माण व्यवसायी बीचको मिलेमत्तोमा सरकारी रकम झ्वाम पार्ने गरेको पाईएको छ । कम्पनी र व्यवसायीले नक्कली बिल देखाएर सरकारबाट बढी रकम असुली रहेका छन् ।

निर्माण व्यवसायीले सरकारी संरचना निर्माण गर्दा अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान रहेको छ । यसरी व्यवसायीले टेण्डर राख्दा बास्तविक बीमाशुल्क भन्दा बढी रकम राख्ने गरेका छन् । बीमा कम्पनीसँगको मिलेमत्तोमा व्यवसायीले सरकारी कार्यलयमा बुझाउँने रसिद र वास्तविक रसिद फरक फरक बनाउँने गरेको पाईएको छ ।

Crest
Meta Holidays

उदाहरणको लागी व्यवसायीले ५ लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नुपर्नेमा बीमा कम्पनीसँग नक्कली बिल बनाई सरकारी कार्यलयमा १० लाख रुपैयाँसम्मको बिल देखाउँने गरेको बीमा कम्पनीका एक कर्मचारीले बताए । उनका अनुसार व्यवसायीले सरकारबाट १० लाख असुली गरी कम्पनीलाई ५ लाख रुपैयाँ भुक्तानी गर्छन्, बाँकी रकम कम्पनी र व्यवसायीले बाँडी चुडी खाने गरेको भुक्तभोगीहरु बताउँछन् ।

यस बिषयमा बीमा समिति समेत जानकार छ । तर यस बिषयमा समितिमा हालसम्म कुनै पनि उजुरी नपरेको समितिको भनाई छ । हाल बजारमा सञ्चालनमा रहेका २० वटा निर्जीवन कम्पनीमध्ये तीन वटा कम्पनीले यस्तो खालको काम गर्दै आएको स्रोतले बताएको छ । बजारमा प्रतिस्पर्धा अधिक भएपछि कम्पनीहरुले यस्तो खालको विकल्प समेत अपनाउँने गरेको कम्पनीहरु बताउँछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x