उन्नति माइक्रोफाईनान्समा रोजगारिको अवसर

Citizen Life Insurance Co

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले यस सुचना प्रकाशित भएको पन्ध्र दिन भित्र तोकिएको ठेगानामा आवेदन दिई सक्नु पर्ने संस्थाले जनाएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय सिद्धार्थनगर वा ईमेल ठेगाना मार्फत इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।दरखास्त फारामका साथमा आवेदकले नागरिकताको प्रमाणपत्र, लघुवित्त कार्यक्रम सहितको १ पेज हस्तलिखित निवेदन, हालसालै खिचेकोे पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार