IME Life

छ वटा जीवन बीमा कम्पनीले घोषणा गरे बोनशदर

SPIL
NIC ASIA


गत आर्थिक बर्षमा जम्मा ६ वटा जीवन बीमा कम्पनीले मात्रै बीमा समितिबाट बोनशदर स्वीकृत गराएका छन् । पुराना जीवन बीमा कम्पनीमध्ये नेशनल लाईफ र गुराँश लाईफ इन्स्योरेन्सले भने बोनशदर स्वीकृत गराएका छैनन् ।

बोनशदर स्वीकृत गराएका ६ वटा कम्पनीमध्ये एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ब्रेकथ्रु गरेको छ । कम्पनीले अघिल्लो आवको लागी न्यूनत्तम प्रतिहजारमा ४१ र अधिकत्तम प्रतिहजार ८५ रुपैयाँ तोकेको छ । कम्पनीले तोकेको अधिकत्तम दर अहिलेसम्मकै उच्च हो । पुराना कम्पनीहरुले हालसम्म अधिकत्तम प्रतिहजार ८२ रुपैयाँसम्म प्रदान गर्दै आएका छन् । पाँच बर्ष अगाडी कम्पनीको न्यूनत्तम प्रतिहजार २५ रुपैयाँ र अधिकत्तम ६८ रुपैयाँ कायम रहेको थियो ।

Prabhu
Crest

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनत्तम बोनशदरमा प्रतिहजार ३ रुपैयाँ बृद्धि गरेको छ । कम्पनीले आव २०७३÷७४ को लागि न्यूनत्तम प्रतिहजार ६५ रुपैयाँ र अधिकत्तम प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ । यस अघिका चार बर्षमा कम्पनीले न्यूनत्तम प्रतिहजार ६२ रुपैयाँ र अधिकत्तम प्रतिहजार ८२ रुपैयाँ वितरण गरेको थियो ।

प्राईम लाईफ इन्स्योरेन्सले आव २०७३/७४ का लागी अधिकत्तम प्रतिहजार ७५ रुपैयाँ बोनशदर निर्धारण गरेको छ । यो रकम विगत पाँच बर्षको तुलनामा प्रतिहजार १२ रुपैयाँले बढी हो । कम्पनीले न्यूनत्तम प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । यो रकम पाँच बर्षको तुलनामा प्रतिहजार १६ रुपैयाँले बढी हो । आव २०६९/७० कम्पनीको बोनशदर अधिकत्तम प्रतिहजार ६३ रुपैयाँ र न्यूनत्तम प्रतिहजार १९ रुपैयाँ थियो । कम्पनीले चालु बर्षमा बोनशदरमा अझै बृद्धि गर्ने योजना कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले बताए ।

के हो बोनशदर ?
जीवन बीमा कम्पनीले बिमितहरुबाट बीमाशुल्क संकलन गरे बापत बीमा अवधि सकिएपछि एकमुष्ट बीमाशुल्क र सोको ब्याज अर्थात बोनश प्रदान गर्छ । कम्पनीले कम्पनीको नाफाको आधारमा यस्तो बोनश तय गर्छन् । आव सकिएपछि बिमांकीले मूल्यांकन गरेपछि कम्पनीले बोनशदर कायम गर्छन् । यस्तो बोनशदर घोषणा गर्नुपूर्व समितिबाट स्वीकृति लिनुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS