स्टक ब्रोकर एशोसियसनको अध्यक्षमा भरत रानाभाट बिजयी

Citizen Life Insurance Co

स्टक ब्रोकर एसोसियशनको अध्यक्षमा भरत रानाभाट विजयी भएका छन् । प्रतिद्धन्द्धि राजकुमार तिमिल्सीनालाई ११ मतअन्तरले हराउँदै रानाभाट विजयी भएका हुन् । शुक्रबार साझ भएको चुनावमा अध्यक्ष बाहेक अन्य पदाधिकारी भने निर्बिरोध चयन भएका हुन् ।

कोहिनूर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटले २९ मत प्राप्त गरेका थिए । भिजन सेक्यूरिटिजका सञ्चालक राजकुमार तिमिल्सनाल भने १८ मत प्राप्त गरेका थिए । रानाभाट आगामी दुई बर्षको लागी चयन भएका हुन् ।
एशोसियसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनीति भुसाल निर्बिरोध चयन भएका छन् । सदस्यहरुमा सञ्जिला अर्याल, फडिन्द्र ढकाल, सन्दिप चाचन र सुमन गौतम चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार