निर्धन उत्थान लघुवित्तले गर्यो नगद लाभांश र वोनस सेयर प्रस्ताव

Citizen Life Insurance Co

निर्धन उत्थान लघुवित्तले नगद लाभांश र वोनस सेयर दिने भएको छ । बिहिबार बसेको संस्थाको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरु लाई नगद लाभांश र बोनस सेयर दिने निर्णय गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव गरेको छ । निर्धन उत्थान लघुवित्तले  चुक्ता पूँजी १ अर्ब रुपैयाँ बाट बोनस सेयर र नगद लाभांश दिन लागेको हो।

संस्थाले २२.११ प्रतिशतले हुन आउने २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ नगद लाभांश र २० प्रतिशतले हुन आउने २० लाख बराबरको बोनस सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंक बाट स्वीकृत पाए  पछि सर्वसाधरणमा वितरण हुने संस्थाले  बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार