IME Life

सुरु भयो दशै लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डमा

SPIL
NIC ASIA

दशैंलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको छ । मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ ।

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजीश्रेष्ठले चाडपर्वका समयमाआयोजनाहुने मेलाले आमउपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजनाहुने क्रम बढ्दै गएपनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनी स्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

Prabhu
Crest


वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५ दिन सम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’प्रधानले भने । नेपाल, भारत तथाबंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि रहेका छन् ।
राजधानीका साथै राजधानी आसपासका उपभोक्ताले मेलाबाट लाभ लिन सक्ने छन् भने बिक्रेताहरुले पनि एकै स्थानमा फरक किसिमका उत्पादन बिक्री गर्न पाउने छन् ।

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यकवस्तु खरिद गर्ने आँकलनइभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्मचल्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS