कैलाश विकास बैंकको १७ प्रतिशत नगद लाभांश प्रस्ताव

Citizen Life Insurance Co

कैलाश विकास बैंकले नगद लाभांश दिने भएको छ । बैंकको मङगलबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरु लाई गत वर्षको मुनाफा बाट १७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले चुक्ता पूँजीको १७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

बैंकले ४२ करोड ८५ लाख ८ हजार १ सय २० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाए पछि २५ औँ वार्षिक साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार