IME Life

दशैं लक्षित स्टक क्लियरेन्स मेला बिहीबार भुकुटीमण्डपमा

SPIL
NIC ASIA

दशैंको अवसर पारेर आगामी बिहीबारदेखिे भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना गर्न भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री बितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको तुलनामा सस्तोमा सामान उपभोक्ताले किन्न पाइन्छ ।

एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफकमर्शको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Prabhu
Crest

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५ दिन सम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका ७२ स्टलहरु रहने छन् ।मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’प्रधानले भने ।

‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ प्रधानले भने ।

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यकवस्तु खरिद गर्ने अनुमान इभेण्ट सोलुसनको छ । उक्त मेला असोज १५ गते सम्म चल्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS