SKIP THIS

IK Anniversary
IME Life

२६ दिनमा सर्वाधिक बढेका २० कम्पनीका सेयर

SPIL
NIC ASIA

काठमाडौं: मंगलबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ३७ अंकले बढेको छ । कारोबार सुरु भए देखि बढेको नेप्से परिसूचकले १ हजार २ सय ८० विन्दुमा पुगेर रोकिएको छ । लामो समय देखि निरन्तर रुपमा घटीरहेको नेप्से परिसूचक मंगलबार उत्साहजनक अंकले बढेको हो ।

मंगलबार कारोबार भएका अधिकांश समूहको परिसूचक बढेको छ । सो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक सबैभन्दा धेरै ६४ दशमलव ६५ अंकले बढेको छ । बिकास बैंक समूहको परिसूचक ३७ दशमलव ८२ अंकले बढेको छ भने जीवन बीमा कम्पनीको ३७ दशमलव ३६ अंकले बढेको छ । बैंकिंग समूहको परिसूचक २९ दशमलव ५२ अंकले बढेको छ । तर, अन्य समूहको परिसूचक भने १.९४ अंकले घटेको छ ।

Prabhu
Crest

विगत २६ दिनको अवधिमा मेरो माईक्रो फाईनान्सको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । सो अवधिमा कम्पनीको सेयरमूल्य ३६६ रुपैयाँले बढेको छ । सो अवधिमा कम्पनीको ७ करोड २३ लाख रुपैयाँ बराबरको ५९ हजार २६४ कित्ता सेयर खरिद विक्री भएको छ । कम्पनीको अधिकत्तम सेयरमूल्य १ हजार ४०६ रुपैयाँ पुगेको थियो भने न्यूनत्तम ९८६ रुपैयाँ थियो । कम्पनीको अन्तिम सेयरमूल्य १ हजार ३६६ कायम भएको छ ।

त्यस्तै, नापेड लघुवित्त बित्तिय संस्थाको सेयरमूल्य १९९ रुपैयाँले बढेको छ । उक्त अवधिमा कम्पनीको ८४ हजार ३३० रुपैयाँ बराबरको १२० कित्ता सेयर खरिद विक्री भएको छ । कम्पनीको सेयरमूल्य अधिकत्तम ७९६ रुपैयाँ रहेको थियो भने न्यूनत्तम ६२६ रुपैयाँ रहेको थियो । तर, कम्पनीको अन्तिम सेयरमूल्य भने ७९६ कायम भएको छ ।

विगत २६ दिनको अवधिमा काबेली विकास बैंकको सेयरमूल्य १३३ रुपैयाँले बढेको छ । मंगलबार बैंकको ३५३ कारोबार भएको थियो । कम्पनीको अधिकत्तम ३३६ मा सेयर खरिदविक्री भएको छ भने न्यूनत्तम १९० भएको छ । कम्पनीको अन्तिम सेयरमूल्य भने ३२९ कायम भएको छ । सो दिन कम्पनीको १ करोड २३ हजार रुपैयाँ बराबरको ३३ हजार ७५२ कित्ता सेयर खरिद विक्री भएको छ ।

एनआईसी एशिया बैंकको सेयरमूल्य भने १२५ रुपैयाँले बढेको छ । उक्त अवधिमा कम्पनीको ५९ करोड ६४ लाख रुपैयाँ बराबरको १४ लाख ९२ हजार ७०६ कित्ता सेयर खरिद विक्री भएको छ । कम्पनीको अन्तिम सेयरमूल्य ४५० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS