IME Life

विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु

SPIL
Sanima Reliance

विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन सुरु भएको छ। विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) ले नेपालमा गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ। १८ बर्षपछि नेपालमा यो सम्मलेन भएको हो ।

सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी छन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहेको बीमा समितिले जनाएको छ।
सम्मेलन मार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।

Crest
Meta Holidays

सो सम्मेलन लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले घरमै बसेर बीमा शुल्क/प्रिमियम तिर्न र दावी भुत्तानी लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै अर्थमन्त्रीले बीमा कम्पनीलाई प्रविधिमैत्री बनाउन सुझाएका हुन् । “अब बीमा क्षेत्रले पनि प्रविधिको उच्चतम प्रयोग गरेर ग्राहकले घरैमा बसेर बीमा प्रिमियम तिर्ने र दावी भुत्तानीको व्यवस्था गर्नुपर्छ” अर्थमन्त्रीले भने।

सो अवसरमा बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाइले सबै क्षेत्रको बीमा समेट्ने गरी काम अघि बढेको जानकारी दिए । साइबर बीमा कार्यान्वयनमा आउन लागेको उनले बताए ।

सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहेको छ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न २१ औं सम्मेलन आयोजना गर्न गरिएको हो । सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि प्रतिनिधिहरु सहभागी रहेको आयोजकले जनाएको छ ।

विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१ औं सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, साइबर बीमा, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x