IME Life

गत आर्थिक बर्षमा करिब ६४ करोडको पशुधन सुरक्षण गर्यो कोषले

SPIL
NIC ASIA

काठमाण्डौ: गत आर्थिक बर्ष २०७४/७५ मा निक्षेप तथा कर्जा सुरक्षण कोषले ६३ करोड ८५ लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेको छ । कोषले गत आवमा ९० करोड रुपैयाँ बराबरको पशुधन सुरक्षण हुने अनुमान गरेको थियो ।

उक्त अवधिमा ७ हजार ९ सय ७६ जना कृषक सुरक्षण कार्यक्रममा सहभागी भएका छन् । १० हजार ६ सय ९ वटा पशुधनको सुरक्षण भएको छ । जसबापत कोषले ४ करोड १९ लाख रुपैयाँ बराबरको सुरक्षण शुल्क प्राप्त गरेको छ ।

Prabhu
Crest

कोषले सबैभन्दा बढी विराटनगर क्षेत्रमा २४ करोड ३० लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेको छ । उक्त क्षेत्रका ४ हजार २०५ कृषकको ४ हजार ६ सय ९८ पशुधन सुरक्षण गरिएको छ । जसबापत कोषले १६ हजार ३ सय ८ सुरक्षण शुल्क संकलन गरेको छ ।

चितवन क्षेत्रमा भने कोषले २० करोड ३५ लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेको छ । उक्त क्षेत्रको १ हजार ४ सय ९१ कृषकको २ हजार ९ सय ३६ पशुधनको सुरक्षण गरिएको छ । जसबापत कोषले १ करोड ३२ लाख रुपैयाँ बराबर सुरक्षण शुल्क संकलन गरेको छ ।

त्यस्तै, बुटवल क्षेत्रमा भने कोषले ८ करोड ७० हजार रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेको छ । उक्त क्षेत्रका १ हजार ५० कृषकको १ हजार ३ सय ९५ पशुधन सुरक्षण गरिएको छ । जसबापत कोषले ५ हजार ५ सय ९१ सुरक्षण शुल्क प्राप्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS