IME Life

बीमाको पहुँच बढाउने हो भने, सरकारले जनताको आम्दानीको स्तर बढाउँन पनि सहयोग गर्नुपर्छ : बिके श्रेष्ठ

SPIL
NIC ASIA

बिनोद्काजी श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी जनरल इन्स्योरेन्स
अहिले नेपालको निर्जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ?

सम्रगमा भन्ने हो भने बीमा बजार निकै राम्रो रहेको छ । हालको दिनमा नयाँ बीमा कम्पनीहरुको आगमनले बीमा बजार विस्तार एवं बीमा जनचेतनाको साथै विभिन्न उधोग, हाइड्रोपावर र प्रोजेक्ट पनी बढ्दै गईरहेको छ । यसको आधारमा हेर्ने हो भने बजारलाई निकै राम्रो रुपमा लिन सकिन्छ । तर पनि बीमा कम्पनीहरुकै अस्वस्थ प्रतीस्पर्धाको कारण बजार जुन रुपमा अघि बढ्नुपर्ने हो, त्यसरी अगाडी बढ्न सकेको छैन । नेपालमा अझै पनि गाँस, बाँस कपास, स्वास्थ्य खर्च, बचत एवं विविध खर्च पछी रकम बचे मात्रै बीमा गर्ने परिपाटी छ ।

Prabhu
Crest

नयाँ तीन वटा कम्पनीहरु थपिएका छन् ,यसले निर्जीवन बिमा व्यवसायलाई कस्तो असर गरेको छ ?

निर्जिवन बीमा कम्पनीहरु १७ वटा रहेको थियो । त्यसमा थप ३ कम्पनीहरु बजारमा आएको छ । यसले पक्कै पनी बजारमा  प्रतीस्पर्धा भएको छ । बजार पूरानै हो, नयाँ बीमा कम्पनीले पूरानै बजारमा काम गर्दा त्यहाँ प्रतीस्पर्धा हुनु स्वभाविक नै हो ।

बीमा कम्पनी किन शहर केन्दित भएका हुन् ?

पहिलो कारण भनेको त बीमा गराउने व्यक्तिहरु सहरमा बढी हुन्छन् । विकास र उधोग एवं विभिन्न ठूला कम्पनीहरु यही नै अवस्थित छन् । निर्जिवन बीमाको लागि सहरी क्षेन त्रै व्यापार गर्ने ठाउँ हो । ग्रामीण क्षेत्रमा पनि बीमा नहुने भने पक्कै पनि हैन । आयस्रोतको आधारमा बीमा गर्न सकिन्छ । तर यदि कुनै पनि व्यक्तिलाई दैनिकी चलाउन नै कठिन छ, भने उसले बीमा पक्कै पनि गर्न सक्दैन । ग्रामीण क्षेत्रमा हामीले काम गरीरहेका छौ । हामी गत बर्षमा कृषि बीमामा दोस्रो स्थान हासील गर्न समेत सफल भएका छौ ।

कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गर्दैनन् नी, तथ्याकले पनि त्यहि देखाउँछ ? यसको कारण के हो ?

बीमा कम्पनीहरुको पनि दाबी भुक्तानी गर्न क्रममा आफनै दायरा र नियममा रहेर बीमीतलाई भुक्तानी गनुपर्ने हुन्छ । बीमीतले पनि बीमा गर्दा पोलिसीको बारेमा राम्रो सगँ बुझनुपर्दछ । यो कुरालाई बीमीतले निकै ध्यान दिनुपर्दछ । बीमा गराउदा पोलिसीमा ध्यान नदिनाले पनि यस्ता समस्याहरु आउने गरेको छ । यसमा बीमीतले दाबी भुक्तानीको समयमा आवश्यक कागजात पेश गरेमा हामीलाई भुक्तानी गर्नमा कुनै समस्या हुदैन । बीमीतको आवश्यक कागजात पुगेको अवस्थामा हामी कम्पनीहरु खुशीका साथ बीमा भुक्तानी गछौ ।

तपाईको बिचारमा अब आउँने नयाँ बीमा विद्येयक कस्तो हुनुपर्छ ?

अब आउने विधेयकमा बीमीतलाई प्रमुख रुपमा राख्नुपर्दछ । विधेयक बनाउँदा बीमा विज्ञ वा कम्पनीहरुको राय सल्लाहहरुलाई पनी राखेको भए अझ राम्रो हुन्थ्यो । बीमा कम्पनीहरुलाई काम गर्न काम गर्न वातावरण ल्याउने र समय सापेक्ष रुपमा चल्ने र बीमा पहुँच र जनचेतना यसमा समाबेश भयो भने राम्रो हुन्छ ।

कृषि बीमाको सरकारले अनुदान पनि वितरण गरेको छैन , कम्पनीहरुलाई काम गर्न कति सहज छ ?

सरकारले यो कुरामा बढी ध्यान दिनुपर्ने जरुरी देखीन्छ । निर्जीवन कम्पनीहरुलाई समयमा नै कृषि अनुदान रकम उपल्बध नगराउँदा कम्पनीलाई असर गरीरहेको छ । हामीले कृषकहरुको दाबी भुक्तानी चाहि समयमै भुक्तानी गनुपर्ने तर सरकारले यसमा निकै ढिला गर्नाले कम्पनीलाई गारो हुन्छ ।

नेपालमा बीमाको दायरा बढाउँन सरकारले के गर्नुपर्छ ?

बीमाको दायरा बढाउनको लागि सरकारले जनताहरुलाई मात्र बीमा गराउने हैन, बीमा आफैबाट सुरु गराउनुपर्दछ । हामीले बीमा गरेका छौ, बीमा गर्दा यो फाईदा भएको छ भन्ने जनचेतनामूलक काम सरकार आफैले गर्नुपर्छ । मुख्यत ः जबसम्म प्रतीव्यक्ति आयमा वृद्धि हुदैन तबसम्म बीमाको पहुँच विस्तार गरेर मात्र बीमामा आर्कषण गर्न सकिदैन । सरकारले आयस्रोत कसरी बढाउने भन्ने कुरामा ध्यान दियो भने मानिसहरु आफै बीमा गराउन आउँछन् ।

कम्पनीको गत आवको वित्तिय अवस्था कस्तो रहयो ?

गत आवमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय राम्रो भयो । गत आवमा हामीले ८८ करोड रुपैया आम्दानी ग¥यौ ।

बजारमा बढीरहेको प्रतिस्पर्धामा आफनो कम्पनीलाई टिकाई राख्न कस्तो रणनीति अपनाउनु भएको छ ?

हामी हाल कम्पनीहरु बिच प्रतीस्पर्धा निकै नै बढीरहेको छ । बजारमा नयाँ कम्पनीको थपिएका छन् । त्यसैले अस्वस्थ्य प्रतिस्पर्धा भै रहेको छ । यसै बीचमा हाम्रो कम्पनीले भखरै मात्र आईएसओ मान्यता प्राप्त गरेको छ । कम्पनीमा भईरहेको प्रतीष्ठालाई कसरी जोगाई राख्ने भन्ने कुरामा हामी लागि रहेका छौ ।

बीमा समितले हालै टेनिङ इन्टिच्यूट सञ्चालनमा ल्याएको छ ? यसले बीमा बजारको लागि जनशक्ति उत्पादन गर्नमा कत्तीको मद्दत पुग्ने देख्नुहुन्छ ?

पक्कै पनि यसले बीमाको बजारलाई राम्रै गर्छ । बीमाको क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । तालिम केन्द्रले बजारमा दक्ष जनशक्ति उत्पादन गर्नमा अहम भूमिका खेल्ने अपेक्षा गरेका छौ ।

बिमाको पहुँच बढाउँन के गर्नुपर्ला ?

हामीले पोलिसी निर्माण गर्दा निकै मिहेनत गरेका हुन्छौ । त्यसैले बीमा समितिले जुन कम्पनीले पोलिसी निर्माण गरेको हो, सोही कम्पनीलाई ६ महिनाको अवधिसम्म पोलिसी जारी गर्न दिने व्यवस्था गर्नु आवश्यक छ । यसो गरियो भने कम्पनीहरुलाई नयाँ नयाँ पोलिसी निर्माण गर्न हौसला मिल्नेछ । मैले यस बिषयमा समितिमा पनि प्रस्ताव गरेको थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS