IME Life

बीमा कम्पनीमा आकर्षित छैनन् विद्यार्थीहरु

SPIL
NIC ASIA

बिजया बास्कोटा
नेपालमा वित्तिय क्षेत्रको तुलनामा बीमा व्यवसायको सुरुवात पहिला भएपनि यस प्रति विद्यार्थीहरुको आकर्षण कम रहेको बीमा प्राध्यापकहरु बताउँछन् । वित्तिय क्षेत्रमा बढी ग्ल्यामरस हुने तर, बीमा कम्पनीको बिषयमा विद्यार्थीहरु जानकार हुने भएकाले विद्यार्थीहरुको रोजाईमा बीमा क्षेत्र नपर्ने गरेको उनीहरुले बताए ।


जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धि कार्यशालमा बोल्दै प्राध्यापकहरुले अधिकांश विद्यार्थीहरुको रोजाई बैकिङ्ग नै हुने गरेको बताए । स्नातक अध्ययन गर्न आउँने विद्याथी स्वयंमलाई बीमाको बारेमा जानकारी हुँदैन त्यसैले उनीहरुले यो क्षेत्र प्रति खासै उत्साहित नहुने गरेको अध्यापकहरु बताउँछन् ।
त्यस्तै, बीमा बिषय अध्ययन गरेका विद्यार्थीलाई बीमा कम्पनीहरुले इन्र्टनसिपमा पनि नराख्ने हुँदा विद्यार्थीहरु बाध्य भएर बैकमा जानेको गरेको अध्यापकहरुले गुनासो गरे ।

Prabhu
Crest

तर, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष एवम् नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले भने कलेजहरुले ओरियनटेशन क्लासमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कहिल्यकै नबोलाउँने गरेको बताए । ‘कलेजहरुले बैकिङ्ग क्षेत्रमा व्यक्तिलाई बोलाएर मात्र ओरियनटेशन क्लास दिन्छन् । अध्ययन सुरु हुन पूर्व हामीलाई बोलाउँनुहोस । हामी विद्यार्थीलाई बीमा क्षेत्रको महत्व बुझाउँछौ,’ उनले भने । ओरियनटेशनमा बीमा शब्द नसुेको विद्यार्थीले कसरी बीमा क्षेत्रमा जाने निर्णय गर्न सक्छ त ? उनले प्रश्न गरे ।

अबको समय भनेको बीमा क्षेत्रको हो । त्यसैले यसमा अधिक सम्भावना रहेको बताउँदै यस क्षेत्रमा बिद्यार्थीलाई आकर्षण गर्न प्राध्यापकहरुले बिद्यार्थीहरुलाई बीमाको महत्व बुझाउँनुपर्ने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रताप प्रधानले बताए । प्रा.डा.राजन् बहादुर पौडेले भने बिद्यार्थी बीमा क्षेत्रमा आकर्षित गर्न बिद्यार्थीलाई लक्षित गरी कुनै बीमा योजना सञ्चालन गर्न सकिने बताए ।

६ दिनसम्म काठमाडौमा सञ्चालन भएको जोखिम व्यवस्था तथा बीमा बिषयक कार्यशालको अन्तिम दिन बीमा उद्योगी तथा बीमा बिषयका अध्यापक बिच छलफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS