IME Life

नेप्से २ .६१ अंकले बढेर १२५७ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिलो दिन २ दशमलव ६१ अङ्कले बढेर १२५७ दशमलव ६८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ६९ करोड ८४ लाख पुगेको छ ।
होटल, विकास बैंक, टे्रड्रिङ, हाईड्रोपावर, फाईनान्स र बैंक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै टेड्रिङ क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । टेड्रिङ क्षेत्रको परिसुचकमा ४ दशमलव ५८प्रतिशतले वृद्धि भएको हो ।

सबैभन्दा धेरै एनआईसि एसियाको शेयर ७ करोड ४लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै साल्ट ट्रडिङ को सेयरमा ८ दशमलव ९८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाको शेयर ७ दशमलव ४३ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ०४ प्रतिशतले घटेको छ भने ५ हजार ९ सय ६० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४१ प्रतिशतले घटेर ५ हजार ६ सय ५६ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड २४ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS