सयपत्री हाईड्रोपावरले ६ करोड आईपिओ निष्काशन गर्दै

Citizen Life Insurance Co

दमरखोला ए साना जलविधुत आयोजना निर्माण गरेको सयपत्री हाईड्रोपावर लिमिटेडले ६ करोडको आईपिओ निष्काशन गर्न लागेको हो । असोज २८ गते बस्ने दोस्रो बार्षिक साधारण सभामा कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

जलविद्युत आयोजनाले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले दोस्रो बार्षिक साधारण सभामा अनुमोदन गराएर जारी पूँजीको २० प्रतिशत ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।


कम्पनीले यस अघि पहिलो बार्षिक साधारण सभाबाट स्थानीयका लागि मात्र आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सर्वसाधारणको लागि दोस्रो साधारणसभाबाट प्रस्ताव पारित गरेर प्रकृया अगाडि बढाइने सयपत्री हाइड्रोले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत र दोस्रो बार्षिक साधारण सभाबाट गराएर २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजी ३० करोड रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार