५० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको एनसीसी बैंकले १५ दिन म्याद थप्दै

Citizen Life Insurance Co

काठमाडौं: ५० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको एनसीसी बैंकको हकप्रद भर्ने म्याद सकिनै लाग्दा लगानीकर्तालाई हकप्रद आबेदन गर्ने चाप परेको छ ।

एनसीसी बैंकले बिक्रीमा ल्याएको ५० प्रतिशत हकप्रदको आबेदन गर्ने म्याद असोज ७ गते बेलुका सकिदैछ बैंकिंग समय सम्म रहेको छ

एनसीसी बैंकले २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा लाखौ कित्ता बिक्री हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । दोस्रो बजारमा २०८ रुपैयाँ हाराहारीमा साधारण शेयर मूल्य रहेको एनसीसीको हकप्रद पुरै बिक्ने संभावना कमजोर रहेको कारण नै थप १५ दिन म्याद थप्न लागेको बैंकका एक संचालकले इन्स्योरेन्सखबरलाइ बताए ।

गत साउन १५ गतेसम्म कायम शेयरधनीले एनसीसीको हकप्रदमा आबेदन गर्न पाउने छन् । एनसीसीको बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन प्रयास गर्ने एनसीसी अन्तिम बाणिज्य बैंक हो । अब कुनै पनि बाणिज्य बैकको हकप्रद शेयर बिक्रीमा आउने संभावना लगभग छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार