लुम्बिनी जनरलले सञ्चालनमा ल्यायो मोवाईल एप्स

एप्सबाट नै दाबी र प्रस्ताव गर्न सकिने
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । विमितहरुलाई थप सुविधा दिन कम्पनीले मोवाईल ‘लुम्बिनी इन्स्योरेन्स एप्स’ नै सञ्चालनमा ल्याएको हो । कम्पनीले गत भदौ २८ गते देखि औपचारिक रुपमा एपको सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी इन्स्योरेन्स एप्सको प्रयोगबाट विमितले कम्पनीले जारी गरेका बीमा योजनाको बारेमा जानकारी लिन सक्नेछन् । त्यस्तै एप्पबाट नै बीमाको प्रस्ताव फारम भर्न सकिनेछ । साथै दाबीको लागी एप्सबाट नै प्रक्रिया आगाडी बढाउँनु सकिनेछ ।
बिमितलाई सहज र सरल रुपमा बीमा सेवा दिन कम्पनीले एप्स सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार