यूनाईटेड फाईनान्सले आफ्ना लगानिकर्ताहरुलाई नगद लाभांश दिने भएको छ । फाईनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको २२४ औँ बैठकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरणमा आउने फाईनान्सले बताएको छ ।
यूनाईटेड फाईनान्सले गर्यो नगद लाभांश प्रस्ताव
